• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी ★   बजेट अभावमा खानेपानी आयोजना अधुरै ★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

कांग्रेसकै नेतृत्वमा विकास अभियान: वरिष्ठ नेता पौडेल



तनँहु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ। कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो । “खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं,” उहाँले भन्नुभयो, “व्यासमा थुप्रै पूर्वाधार बनेको छ, कांग्रेसले जितेका कारण यो सम्भव भएको हो ।” रासस