६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो



अ+ अ-

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो ।

हलो खरिद गर्न रु २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।