५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा लागि उभौली पर्व बाल्यकालको स्मृति जोडिने दिन : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौंली पर्व आफ्नो बाल्यकालको स्मृति जोडिने दिनको रुपमा रहेका बताएका छन् ।

‘मेरा लागि उभौली एउटा पर्व मात्र नभएर बाल्यकाल देखिका स्म्ृति जोडिने दिन पनि हो ’ लिम्बू समुदायको बाहुल्यता रहेको तेह्रथुमको आठराईमा बाल्यकाल बिताएका ओलीले भनेका छन् ‘ऋतु परिवर्तनसंगै जमिन,जंगल,जल चराचुरुंगी र मानिसमा आउने परिवर्तनलाई मैले सुक्ष्म अनुभुती गरेको छु ।’
पूर्वी नेपालका किराँतहरुले धान्यपूर्णिमाको दिन मनाउने उभौली पर्वको शुभकामना दिंदै अध्यक्ष ओलीले उत्पादन,उर्वरता,प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान पनि व्यक्त गर्ने बताएका छन् ।

‘उत्पादन, उर्वरता,प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान व्यक्त गर्ने सांस्ृकतिक चेतना दिन्छ’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ‘पुस्तौं देखि प्रकृतिसँगको सहअस्तित्वको दर्शनलाई जीवित राख्दछ ।’




भर्खरै