३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै



अ+ अ-

काठमाडौं । नेपाल सरकारले बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ ।

सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस अभियानमा आज कूल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ ।

जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ ।

बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

बाँकी क्षेत्रमा रहेका सुकुमवासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ ।