१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुका उजाडिएका बस्तीहरु- तस्बिरहरू



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाउने अभियान आज बिहान बाटै सुरु भएको छ ।

यसैक्रममा बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। शुक्रबार बिहान ७ बजेदेखि त्यहाँको बस्ती खाली गरिने भनेर प्रशासनले सुचना जारी गरेको थियो।

काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाउन थालिएको हो ।

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो ।

फोटो-पदम तिमिल्सीना