• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई सभापति देउवाले भेट्न पाएनन्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्‍त्री केपी ओलीलाई भेट्न पाएनन् । प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका देउवाले प्रधानमन्‍त्री को स्वास्थ्यबारे जानकारी लिएर फर्केका हुन् ।

संक्रमणको जोखिमका कारण प्रधानमन्त्री ओलीसँग भेट्न नपाए पनि देउवाले प्रधानमन्‍त्रीका आफन्त र चिकित्सकसँग भेटेर स्वास्थ्यबारे जानकारी लिएका थिए।

संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, ‘चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।’

यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए।