२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण



अ+ अ-

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ ।

लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी) क्षयरोग पुष्टि भएको छ । यस्तै, ११५ शङ्कास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ ।

यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताए । एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन् ।

देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भने, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ ।”

शिविरले क्षयरोगको प्रारम्भिक पहिचान, सङ्क्रमण नियन्त्रण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । समयमै रोग पहिचान हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने र सङ्क्रमण फैलिनबाट रोक्न सकिने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढेको उनले उल्लेख गरे ।