२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन र इरान द्वन्द्व समान समयसीमामा अन्त्य हुनसक्ने राष्ट्रपति ट्रम्पको सङ्केत



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन र इरानमा जारी द्वन्द्वहरू समान समयसीमाभित्र अन्त्य हुन सक्ने सङ्केत गर्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता पश्चात् बुधबार राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएको हो ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पुटिनसँगको वार्ता निकै सकारात्मक रहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार उक्त वार्ता मुख्यतया विगत केही वर्षदेखि जारी रुस–युक्रेन युद्धमा केन्द्रित थियो भने इरानको विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।

यसैबीच, मस्कोबाट प्राप्त विवरणहरूका अनुसार राष्ट्रपति पुटिनले मे ९ मा मनाइने दोस्रो विश्वयुद्धको विजय उत्सव (भिक्ट्री डे) को अवसर पारेर अस्थायी युद्धविरामको प्रश्ताव गर्नुभएको छ ।

दुई राष्ट्रप्रमुखबीचको यस संवादलाई विश्व राजनीतिमा जारी तनाव कम गर्ने एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल