३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक



अ+ अ-

ढाका। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गर्नुभएको छ।

संसद्मा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले भन्नुभया,े “ढाका नर्थ र ढाका साउथ सिटी कर्पोरेसनले यो लक्ष्य हासिल गर्न विभिन्न पहलहरू गरिरहेका छन् ।”

कार्य योजना ढाकाको गम्भीर वायु गुणस्तर चुनौतीहरूको पृष्ठभूमिमा आएको छ ।सुक्खा मौसममा उच्च प्रदूषणको स्तर प्रायः ‘अस्वस्थ’ वा ‘खतरनाक’ स्तरमा पुग्छ।

रहमानले भन्नुभयो, “योजनाको प्रारम्भिक एक भागको रूपमा साप्ताहिक जनचेतनामूलक कार्यक्रमहरू तीव्र सरसफाइ र लामखुट्टे नियन्त्रण अभियानहरू सञ्चालन गरिँदैछन्।”

“सरकारले ढाकाको प्रमुख फोहोर स्थानान्तरण स्थलहरूको आधुनिकीकरण पनि गर्दैछ र भूसुदर्शनीकरण, हरियाली र जागरूकतासम्बनधी भित्तेचित्रहरू समावेश गरी वातावरण मैत्री फोहोर व्यवस्थापनलाई बढावा दिइरहेको छ,” उहाँले थप्नुभयो ।

शहरी हरियालीको बारेमा रहमानले भन्नुभयो, “सडक र खुला ठाउँहरूमा वृक्षारोपण कार्यक्रम गरिएको छ, आगामी पाँच वर्षमा शहरमा पाँच लाखरूखहरू रोप्ने लक्ष्य राखिएको छ।”

वातावरण विभाग र ढाकाको यातायात समन्वय प्राधिकरणले संयुक्त रूपमा आधुनिक बस सेवाहरू सुरु गर्न र विद्युतीय बसहरू सुरु गर्न लागेको रहमानले बताउनुभयो ।

जल प्रदूषण नियन्त्रणका लागि उद्योगका लागि फोहोर प्रशोधन केन्द्र अनिवार्य गरिएको उहाँले बताउनुभयो । उहाँले यो संयुक्त पहलबाट ढाका क्रमशः स्वच्छ र हरित शहर बन्ने विश्वास व्यक्त गर्नुभयो ।  (रासस/एएफपी)