३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ



अ+ अ-

सुदूरपश्चिम। कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कामीलाई सात वर्ष एक महिना १४ दिन कैदको फैसला गरेको थियो । रासस




भर्खरै