३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु: ११ जना घाइते



अ+ अ-

काठमाडौं । दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । दुर्घटखामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

आपतकालीन सेवाले घटना पछि उद्धार र राहतको लागि नजिकैको क्षेत्र खाली गरिएको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ । प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भिर चोट लागेको थियो भने अन्यलाइ सामान्य भाट पटक लागेको थियो ।

“उडानको केही समय पछि नै विमान विमानस्थल स्रोतसँग सम्पर्क विहिन भई दुखद दुर्घटनाग्रस्त भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उदृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

दुर्घटना पछि बाक्लो कालो धुवाँ नजिकैको क्षेत्रमा फैलिएकाले अग्नि नियन्त्रक सेवाले प्रवावित क्षेत्रका मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएको छ । अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।