काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदिय दलको अनौपचारिक बैठक बसिरहेको छ ।
सिहदरबार स्थित दलको कार्यालयमा बसिरहेको बैठकले पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको छ ।
बैठकले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।
आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि Candidate Club को अभ्यास हुदैछ। तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ।
कसैले त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिएको छ ।











