३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उग्र वामपन्थी अभ्यासले समाज रुपान्तरण हुन सकेन : उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादीको उग्र वामपन्थी राजनीति समाज रुपान्तरणमा सफल हुन नसकेको बताएका छन्।

उनले माओवादीको नाममा देशले लामो समयसम्म उग्र वामपन्थको प्रभाव र त्यसबाट उत्पन्न अस्थिरताको मार भोग्नुपरेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले माओवादी आन्दोलनले सुरुवाती चरणमा हिंसा र सशस्त्र गतिविधिको बाटो लिएको भन्दै त्यसले समाज र राज्य संरचनामा दीर्घकालीन असर पारेको दाबी गरे।

उनले २०५६ सालको आम निर्वाचनमा एमालेका तर्फबाट रुकुममा उम्मेदवार रहेका यदु गौतमलाई तत्कालीन माओवादी समूहले हत्या गरेको प्रसंग स्मरण गर्दै त्यस्तो घटनाले राजनीतिक संस्कृतिमा गहिरो चोट पुर्‍याएको उल्लेख गरे।

पौडेलका अनुसार माओवादीले जनयुद्धका नाममा सत्ता कब्जाको प्रयास गरेको भए पनि त्यो असफल भएको थियो। उनले पछि माओवादी आन्दोलन परिवर्तन हुँदै एमाले र नेपाली कांग्रेससँग सहकार्य गरेर जनआन्दोलनमा सहभागी भएको स्मरण गराए।

उनले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले ठूलो जनमत प्राप्त गरे पनि त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार सरकारमा पुगेपछि पनि राज्य संरचना र सुरक्षा निकायमाथि नियन्त्रण गर्ने प्रवृत्ति देखिएको थियो, जसले राजनीतिक अस्थिरता थपिएको हो।

उपाध्यक्ष पौडेलले माओवादी आन्दोलनको प्रारम्भिक उद्देश्य र पछिल्ला अभ्यासबीच ठूलो अन्तर देखिएको भन्दै त्यसकै कारण देशले लामो समय चुनौती भोग्नुपरेको धारणा राखे।