२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मत्स्येन्द्रनाथः आज साँझ नरिवल खसाल्ने जात्रा



अ+ अ-

काठमाडाैँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पु¥याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पु¥याएका हुन् ।

रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग) बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गर्दछ ।

आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् ।