• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

घाईतेहरुको घाउमा नेकपाले लगायो यसरी मलम, घाईतेहरुलाई राहात



हुम्ला । बुधबार हुम्लामा भएको टिप्पर दु’र्घटनामा घाइते भएका बिरामीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सहयोग गरेको छ । दुर्घटनामा घाईतेहरुको उपचारका लागी एक लाख रुपैयाँ सहयोग गरेको हो ।

दुर्घटनाका घाइते ११ जना बिरामीलाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार असम्भव भएकोले जिल्ला बाहिर लैजान सेनाको हेलिकप्रमार्फत नेपालगञ्जतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो ।

बिरामीको उपचारका लागि एक लाख सहयोग

दुर्घटनामा घाइते भएका ११ जनाको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुम्लाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।