• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

पछिल्लो एक सातामा नेप्से १४३.४९ अंकले वृद्धि



काठमाडौँ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले बृद्धि भएको छ । 

गत साताको बिहीबार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार पनि बन्द भएको थियो । तर, सातामा चार दिन कारोबारमा नेप्से परिसूचक तीन भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ । चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर २ हजार ५२०.२३ विन्दुमा रोकिएको छ ।

पछिल्लो एक महिनादेखि नेपाली पूँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ । अझ अघिल्लो साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झन थालेको थियो । तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता शेयर बजार उकालो लागेको देखिन्छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसूचक  २३५८.८१ विन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पाएको थियो  । मंगलबार  ५६.७३ अंकले बढेको नेप्से बुधबार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७०  बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्ने निरन्तरसँगै  साताको अन्तिम कारोबार विहीबारको दिन पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो साता सबै इन्डेक्सहरु बढेका छन् ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।