२३ असार २०८३, मंगलवार
,
Latest
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो एक सातामा नेप्से १४३.४९ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले बृद्धि भएको छ । 

गत साताको बिहीबार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार पनि बन्द भएको थियो । तर, सातामा चार दिन कारोबारमा नेप्से परिसूचक तीन भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ । चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर २ हजार ५२०.२३ विन्दुमा रोकिएको छ ।

पछिल्लो एक महिनादेखि नेपाली पूँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ । अझ अघिल्लो साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झन थालेको थियो । तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता शेयर बजार उकालो लागेको देखिन्छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसूचक  २३५८.८१ विन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पाएको थियो  । मंगलबार  ५६.७३ अंकले बढेको नेप्से बुधबार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७०  बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्ने निरन्तरसँगै  साताको अन्तिम कारोबार विहीबारको दिन पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो साता सबै इन्डेक्सहरु बढेका छन् ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।