२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनका लागि सरकार सक्रिय, कार्यदलद्वारा सरोकारवालासँग छलफल तीव्र



अ+ अ-

काठमाडौँ । सरकारले संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्र बनाएको छ। ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत सरकारले संशोधन प्रक्रिया अघि बढाएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूसँग विशेष छलफल गरेको छ। छलफलमा संविधान संशोधनका आवश्यक पक्ष, सुधारका क्षेत्र तथा सम्भावित संरचनागत परिवर्तनबारे विचार–विमर्श गरिएको जनाइएको छ।

यसअघि कार्यदलले हिजो संविधानविद्हरूसँग पनि परामर्श गरेको थियो। विभिन्न क्षेत्रका विज्ञहरूसँग निरन्तर छलफल गर्दै कार्यदलले संशोधनका आधार तयार पार्ने कामलाई तीव्रता दिएको देखिएको छ।

मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको उक्त कार्यदलले वैशाख १० गते बसेको बैठकको निर्णयअनुसार परामर्श प्रक्रियालाई अघि बढाएको हो।

कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट प्राप्त सुझावहरूको संकलन गरी संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार पार्ने र सरकारसमक्ष पेश गर्ने तयारी गरेको छ।