५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो,‘डेटा टु डिसिजन’ मा जोड



अ+ अ-

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुगेको प्रक्षेपण गरेको छ ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनुभएको हो ।

डा. पोख्रेलकाअनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको आकारमा करिव ४ खर्बको बढोत्तरी भएको छ । गत वर्षको संशोधित अनुमान ६१.९९ खर्ब रहेकोमा यस वर्ष ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । यसैगरी आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

तथ्याङ्क सार्वजनिक गर्ने क्रममा डा. पोख्रेलले नतिजालाई विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डहरूको अवलम्वन गरिएको र नेपाल राष्ट्र बैंकको तथ्याङ्कसँग पनि धेरै हदसम्म मेल खाएको जानकारी दिनुभयो । यसले तथ्याङ्कको क्रेडिबिलिटी र भ्यालिडिटी थप प्रष्ट पारेको उनको भनाइ थियो । अधिकारीकाअनुसार हाल देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालनमा छ ।

हालसम्म करिव सवा तीन लाख प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको छ । यो कार्य आगामी असार ७ गतेसम्म जारी रहनेछ । उहाँले सबै सरोकारवालाहरूलाई यो गणनामा सहयोग पु¥याउन र प्रचारप्रसार गर्न समेत आग्रह गर्नुभयो ।

आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यस तथ्याङ्कले सरकारलाई नीति निर्माण र बजेट विनियोजनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यालयले आफ्ना विभिन्न १८ वटा क्षेत्रगत चित्रणहरू समेत सार्वजनिक गरेको छ ।