२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्का समूहको बैठक धुम्बाराहीमा सुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको बैठक सुरु भएको छ

धुम्बाराहीस्थित होटल स्मार्टमा जारी बैठकमा खड्का समूहका शीर्ष नेतासहित १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुको उपस्थिति रहेको जनाइएको छ ।

यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो । पछिल्लो समय पार्टीभित्रको राजनीतिक घटनाक्रमका बीच खड्का समूहले पुनः छलफललाई निरन्तरता दिएको हो ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आएका छन् । उनले उक्त महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई वैधता दिएपछि पनि खड्का समूहले आन्तरिक परामर्श र रणनीतिक बैठकलाई निरन्तरता दिएको छ ।