२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिनमा पाँच लाख २६ हजार भेटी सङ्कलन



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै रु पाँच लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ ।

पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी रु पाँच लाख २६ हजार १२३ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरी बैँकमा जम्मा गरिँदै आएको छ । यस वर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएका कारण भेटी रकम समेत बढी सङ्कलन भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शत्बीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो । यसवर्षको बालाचर्तुदशीमा आएका भक्तजनको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको र सङ्कलन हुने भेटी रकमसमेत बढेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पूजापाठ गरेका कोषले जनाएको छ । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शत्बीज छर्ने चलन छ । शत्बीज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन, नवलपरासी लगायतका ठाउँबाटसमेत ठूलो सङ्ख्यामा भक्तजन गलेश्वर आएका कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।




भर्खरै