८ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ भूमि विधेयक ल्याउँदै सरकार



अ+ अ-

काठमाडौं । सरकारले गुठीलाई समेटेर नयाँ भूमि विधेयक ल्याउने भएको छ।

बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए।

‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने,‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ।’

सरकारले यसअघि गुठीसम्बन्धी छुट्टै विधेयक ल्यएपछि उक्त विधेयकको चौतर्फी विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको थियो।