३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ ।

प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकामा उपाध्यक्ष भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

सङ्घ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै उनले प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरूबारे चर्चा गरे । उपाध्यक्ष भण्डारीले प्रदेश मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार भएकाले प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलतासँग जोडिएको धारणा राखे ।

  1. उनले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्वयन तीनै तहका समन्वयमा कानुन तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताए  ।