५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अंकको सुधार



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।

आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ६८, विकास बैंक एक दशमलव १४, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन शून्य दशमलव ९७, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन एक दशमलव ५२, लघुवित्त शून्य दशमलव २९ र निर्जीवन बीमा शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ ।