२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रविपरीत हाेः काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसद स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति गम्भीर असहमति जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले एकातिर बोलाइएको संसद स्थगित गर्ने र अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका हुन् ।

उनका अनुसार अध्यादेशमार्फत मुलुक सञ्चालन गर्नु संसदको सर्वोच्चतालाई अवमूल्यन गर्ने कदम हो । उनले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च थलोका रूपमा रहेको संसदमा सबै विषय पारदर्शी रूपमा छलफल भई त्यहीँबाट कानून निर्माण हुनुपर्नेमा जोड दिए। संसदलाई पन्छाएर गरिने निर्णयले जवाफदेहिता कमजोर हुने र लोकतान्त्रिक अभ्यासमा असर पर्ने उनको भनाइ छ ।

प्रवक्ता चालिसेले संसद स्थगित गर्दै अध्यादेश ल्याउने कार्यले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उल्लेख गर्दै सरकारको उक्त कदमप्रति पार्टीले गम्भीर असहमति जनाएको स्पष्ट पारे । उनले संसदीय प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका गतिविधि नगर्न सरकारलाई आग्रह गरेका छन्  ।