२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलको बैठक सुरू



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ ।

सोमवार सिंहदरबारस्थित काँग्रेसको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ । साथै दलको प्रमुख सचेतक, सचेतकको बारेमा पनि छलफल हुनेछ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीका सांसद भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति गरेको छ । सोही सहमतिका आधारमा संसदीय दलको बैठकले पनि  आङदेम्बेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने बताइएको छ ।

अहिले सिंहदरबारमा बैठक जारी छ ।