२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीका घटनामा वृद्धि



अ+ अ-

सिञ्जा । जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन् । चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ । भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उनले बताए। यसभन्दा केही दिन अगाडि चन्दननाथ नगरपालिका–२ का गोविन्द्र भण्डारीको कालेखोलीमा रहेका २४ कोठे घर आगलागीमा जलेर नष्ट भएको थियो । गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा पनि आगलागी भएको थियो ।

चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा भदौ १६ आगलागी भएको थियो । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा रु ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा रु ७३ लाखको क्षति भएको थियो । पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन् ।




भर्खरै