३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने



अ+ अ-

काठमाडाैँ । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो । अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताए ।

“हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,” उनले भने, “यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ ।” प्रतियोगिताको उपाधि जित्ने टोलीले रु दुई लाख दुई हजार २२२ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु १० हजार ५०० प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष दीपक रिमालले जानकारी दिए।

खासगरी युवाहरूलाई खेलकुदमा प्रेरित गर्न प्रतियोगिताले भूमिका खेल्ने विश्वास कोषाध्यक्ष रिमालले गरेका छन् । उनका अनुसार महिला फुटबलको हकमा ठूलो राशिको पहिलो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ । युथ अफ टीकापुरका खेलाडी सीमा बयकले विद्यालयबाट बाहिर गएर प्रतियोगिताहरुमा सहभागी भए पनि आफ्नै खेलमैदानमा प्रतियोगिता हुनु खेलाडीका लागि गर्वको विषय भएको बताए ।