४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्नः अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्नः अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै
अ+ अ-

काठमाडौँ, १३ वैशाखः राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज यहाँ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा रु तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिनुभयो । यसले फोटो पत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुने भएका फोटो बैंक आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरू अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गर्नुभयो । काठमाडौँ फोटो ग्राफर सङ्घका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वअध्यक्ष राजभाइ सुवालले एआइको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरू राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेख गर्दै जीवन बिमा, स्वास्थ्य बिमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तरराष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गर्नुभयो ।रासस