५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमयुक्त क्षेत्रका नागरिकको स्थानान्तरण जारी, सरकारद्वारा बसोबास र भोजनको व्यवस्था



अ+ अ-

काठमाडौँ ।  जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको शहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सहारा नभएका तथा वास्तविक समस्यामा परेका नागरिकहरूका लागि वैकल्पिक व्यवस्था नभएसम्म होटल तथा लजमा बसोबास र भोजनको प्रबन्ध गरिएको छ। स्थानान्तरण प्रक्रियालाई सहज बनाउन सुरक्षाकर्मीहरूलाई खटाइएको छ भने आवश्यक सहयोगका लागि नागरिकहरूलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

यसक्रममा नागरिकहरूको सामानसहित सुरक्षित स्थानमा पुर्‍याउने व्यवस्था पनि मिलाइएको छ। विशेषगरी दशरथ रंगशाला मा नागरिकहरूलाई ल्याई अभिलेख राख्ने र त्यसपछि सम्बन्धित होटल तथा लजमा यातायातसहित बसोबासको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नागरिकहरूको सामानको सुरक्षित व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको उल्लेख गर्दै स्थानान्तरण प्रक्रियालाई थप प्रभावकारी बनाइने बताएको छ।