२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । तनुहँकाे व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ । नगरपालिका वडा नं ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरिएको जानकारी दिए। त्यसका लागि प्रारम्भिक अध्ययनसमेत भइसकेको उनले बताए । आयोजनालाई नगरपालिकाको आफ्नैै जग्गा एकीकरण आयोजना कार्यान्वयन एकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको लम्सालको भनाइ छ ।

“आयोजनामार्फत मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार निर्माण हुनेछ”, उनले भने, “दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ ।” आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्क तथा अन्य आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै व्यवस्थित बसोबासको अवसर बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने विश्वास गरिएको छ । यहाँबाट कुहिरो र सूर्योदय देखिने भएकाले पछिल्लो सयम मानुङकोट पर्यटकको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

पछिल्लो समय मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट फर्केर व्यवसाय गर्न थालेका छन् । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको छ । अलैँचेबाट मानुङकोटसम्म चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको १८० मिटर ठाउँमा ‘आरसिसी’ ढलान गरिएको छ ।