२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाेरखाका छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर



अ+ अ-

काठमाडाैँ । गाेरखा जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् ।

स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताए। छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले जानकारी दिए। तिब्बती सीमाना आसपासको छेके र बाजुलगायतका लेकमा पुगेर यार्सागुम्बा सङ्कलन गर्ने गरिएको छ । हरेक याममा याक, चौँरी, घोडामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लावालस्करसहित स्थानीयवासी लेकतिर जाने गरेका छन् । “लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्छौँ”, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भने, “घर कुर्न बुढापाका गाउँमा बसे पनि अरु सबै उत्तै जाने गरेका छौँ । कोही गइसके, कोही जाँदैछन् ।”

यार्सागुम्बा बेचेर वर्षदिनको खर्चको जोहो गर्नुपर्ने भएकाले सबै काम छोडेर लेकतिर जाने गरेको लामाले बताउनुभयो । यहाँको लेकमा यार्सागुम्बा सङ्कलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ । स्थानीयले भने समितिलाई जनही रु ५०० शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएका छ । विगत वर्षहरूमा यार्सागुम्बा सङ्कलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए ।

यस वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयले बताएका छन् । यस कार्यले बालबालिकाको पढाइमा सघाउ पुग्ने विश्वास गरिएको विद्यालयका मुख्य लामा पासाङ फुञ्जोले बताए। “हाम्रो करुणा स्वास्थ्य संस्थाले जोसेफ फर डिग्निटी भन्ने विदेशी संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ”, पूर्ववडाध्यक्षसमेत रहेका पासाङले भने, “यस कार्यपछि अभिभावकहरू लेकतिर गए पनि बालबालिकाहरू छात्रवासमा बसेर पढ्न पाउने छन् । अब विगतमा जस्तो स्कुल बिदा हँुदैन ।”




भर्खरै