६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग



अ+ अ-

काठमाडाैँ । अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन ।

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । आफूहरुको पेशागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासंघका केन्द्रिय तदर्थं समितिका सदस्य शंकर जिसीले बताए ।

उनले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मानजनक ढंगले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।

महासंघले आफूहरुको माग सम्बोधन हुनेगरी शिक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।