९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको भावनाको कदर गरोस्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले जनताको भावना र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले नेपालमा २७ घण्टे आन्दोलनले नयाँ सरकार ल्याएको विश्वमा नै नयाँ दृष्टान्त भएको उल्लेख गर्दै सरकारले सोही अनुसारको जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो ।

सरकारले जनताको भावनालाई कदर गर्दै अघि बढ्नुपर्ने अध्यक्ष दाहालले भनाई थियो । उहाँले बजेट आउनुअघि अर्थमन्त्रीसँग आफूहरुले विशेष छलफल गर्न चाहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले विश्वका विभिन्न ठाउँमा बढदो द्वन्द्वका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको कुरालाई ध्यानमा राखेर सरकारले सो समस्या समाधान समाधानका लागि अझै व्यवस्थित ढंगले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल