२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार उक्त बैठक वैशाख १४ गते सोमवार बिहान ११ बजे बस्नेछ ।

बैठक बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।

पार्टीभित्रका समसामयिक राजनीतिक विषय तथा संगठनात्मक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ ।