२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम



अ+ अ-

कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले २० र ‘अफसेट प्रेस’तर्फ २० जनालाई तालिम दिन थालिएको टीकापुर नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने र सम्भावना भएका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न शनिबारदेखि तीन सय ९० घण्टाको तालिम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।

प्राविधिक सीप भएको मानिस रोजगारीमा जोडिन सहज हुने भएकाले यस्तो तालिम दिन थालिएको उनले बताए ।

“हाल धेरैजसो युवा विदेश गइरहेका छन्, तर प्राविधिक सीप सिकेर स्वदेशमै रोजगारी गर्न सकिन्छ । त्यसका लागि कम्प्युटर र छपाइसम्बन्धी तालिम उपयुक्त हुन्छ भन्ने सुझावका आधारमा योजना बनाएका हौँ”, प्रमुख प्रशासकीय अधिकृत धितालले भने,“अब हरेक काममा कम्प्युटर हरेक अपरिहार्य भइसकेको छ । छपाइको काम पनि त्यत्तिकै महत्त्पूर्ण छ, तर यहाँ कम्प्युटर मर्मत र छपाइको काम गर्न स्थानीय जनशक्ति नभएकाले भारतीय नागरिकले धेरै अवसर पाइरहेका छन् । त्यसैले पनि यो तालिम आयोजना गरिएको हो ।”

नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सीप सिकेर स्वदेशमै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “बाह्र कक्षापछि रोजगारीका लागि विदेश जाने प्रचलन छ । हाम्रो उद्देश्य युवाले स्वदेशमै राम्रो कमाइ गरुन् भन्ने हो । त्यसैले सीपयुक्त मानिस उत्पादन गर्न आवश्यक छ”, उनले भने।

आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले रोजगारीका अवसर भएका ठाउँमा दक्ष जनशक्ति अभाव भएकाले पालिकाले दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताए ।




भर्खरै