२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै ५० हजार घुस लिँदै प्रहरी वरिष्ठ हवल्दार पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो।

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।

आयोगका अनुसार उनले सेवाग्राहीबाट रु ५० हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित २०८३ साल वैशाख १२ गते नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।