१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्तपुर दरबार क्षेत्रमा शान्ति र सद्भावका रंगहरू- फोटो फिचर



अ+ अ-

काठमाडौं : काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा चित्रकार सुवास क्षितिज श्रेष्ठद्वारा “विश्व शान्ति र सद्भाव” भावनामा आधारित विशेष चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रदर्शनीले कला मार्फत विश्वभर शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने उद्देश्य राखेको कलाकार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीमा राखिएका चित्रहरूमा विविध संस्कृति, धर्म र समुदायबीचको मेलमिलाप, प्रेम र सहअस्तित्वलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। कलाकार श्रेष्ठले आफ्ना सिर्जनाहरू मार्फत वर्तमान विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र विभाजनको विरुद्ध सशक्त सन्देश दिन खोजेका छन्।

बसन्तपुर दरबार क्षेत्रजस्तो ऐतिहासिक र सांस्कृतिक सम्पदास्थलमा आयोजना गरिएको यो प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत ध्यान आकर्षित गरेको छ। अवलोकनकर्ताहरूले चित्रहरूमा देखाइएको शान्ति र सद्भावको सन्देशलाई सकारात्मक रूपमा लिएका छन्।

कलाकार श्रेष्ठका अनुसार कला केवल सौन्दर्य अभिव्यक्ति मात्र नभई समाज परिवर्तनको माध्यम पनि हो। “विश्वमा शान्ति स्थापना गर्न हरेक व्यक्तिले आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नुपर्छ,” उहाँले बताउनुभयाे ।

 

फोटो : प्रदीप राज वन्त