६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकम्बासीहरुले अदृष्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना गरे : महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

थापाथलीको सुकुम्बासी बस्ती खाली गराएपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिंदै पोखरेलले सुकम्बासीहरुले अदृष्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना गरेको तर्फ लक्षित गर्दै बाध्य भएर घरबास छोडेका श्रमिकको आँखा र अनुहारमा पिडा देख्नु पर्ने बताएका छन् ।

‘गरिब र श्रमिकहरुको हातले शहर उठ्यो,तिनकै पसिनाले सडक बजार र बस्ती गुल्जार भए’ महासचिव पोखरेले लेख्छन् ‘आज उनीहरु बाध्य भएर बस्तीबाट टाढिंदै गर्दा केवल नियम पालना भएको उत्सव बनाउनु पर्याप्त होइन । उनीहरुको बेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो । ’

पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नका लागि कानुनी जटिलता महसुष गरेर भूमी आयोग मार्फत समाधानको प्रक्रिया अघि बढाएको पोखरेलले स्मरण गराएका छन् ।

उनले लेखेका छन् ‘जनताको लोकप्रिय जनादेश पाएको बालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनुपर्दछ ।’

पोखरेलले सुकुम्बासीको भरोसा टुटेमा त्यसले निम्त्याउने बिस्फोटक विद्रोहप्रति पनि सरकारलाई सजग गराएका छन् ।