२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

दिप्ता श्रेष्ठ र साराना केसी बने ‘जुनियर स्कूल प्रिन्सेस २०२६’ का विजेता

दिप्ता श्रेष्ठ र साराना केसी बने ‘जुनियर स्कूल प्रिन्सेस २०२६’ का विजेता
अ अ+ अ-

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित “जुनियर स्कूल प्रिन्सेस २०२६ – सिजन ११” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो ।

जुनियर समूहतर्फ अक्षरा स्कूलमा अध्ययनरत छात्रा दिप्ता श्रेष्ठ विजेता घोषित भइन् । यसै समूहमा स्वस्तीश्री गुरुकुलकी साम्रागी श्रेष्ठ फस्र्ट रनरअप र लिटिल एन्जल्स स्कूलकी आयुना चन्द सेकेन्ड रनरअप बन्न सफल भइन् ।

त्यसैगरी सिनियर समूहतर्फ स्वस्तीश्री गुरुकुलकी छात्रा साराना केसी विजेता भइन् । सोही विद्यालयकी इता चेन राजभण्डारी फस्र्ट रनरअप तथा भ्याली भ्यू बोर्डिङ स्कूलकी खुसी राई सेकेन्ड रनरअप घोषित भइन् ।

प्रतियोगितामा विभिन्न विधागत शीर्षकहरू पनि प्रदान गरिएको थियो। अर्गनाइजर च्वाइसतर्फ जुनियरबाट श्रृष्टि लामा र सिनियरबाट एसल खनाल चयन भए । मिस पर्सनालिटीमा इता चेन राजभण्डारी र दिप्ता श्रेष्ठ, मोस्ट ट्यालेन्टमा निभानी अधिकारी र आरुना चन्द, मिस फ्रेन्डलीमा प्राप्ती सुनार र केकसा श्रेष्ठ, तथा मिस कन्फिडेन्टमा श्रीमई कोइराला र नितिशा अग्रवाल विजेता बने ।

त्यस्तै मिस फोटोजेनिकमा सहिसा पाण्डे र अग्रता ढकाल, मिस भ्यूअर्स च्वाइसमा खुसी राई र मेगन मोक्तान, तथा मिस पपुलरमा साराना केसी र साम्रागी श्रेष्ठ सम्मानित भए । सिनियर समूहमा मात्र प्रदान गरिएका शीर्षकहरू अन्तर्गत मिस क्रिएटिभ रिन्चेन सेर्पा र बेस्ट वाक श्रीताजा पुरी ले हात पारिन् ।

कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका कार्यवाहाक प्रमुख आयुक्त राम प्रसाद भण्डारी तथा विशेष अतिथि नेपाल चेम्वर अफ कर्मसका उपाध्यक्ष उर्मीला श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा जसमा एसईइ प्रिन्सेस प्राश्ना श्रेष्ठ, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस व्यूटी क्वीन नेपाल विजेता वर्षा कुवर, गेटकलेजका प्रिन्सिपल किरण कुमार श्रेष्ठ, भक्ति इन्टरनेशनल स्कूलका नवराज भट्ट, कोरोना स्कूलकी भाइस प्रिन्सीपल रोसनी साही ठकुरी तथा मुख्य निर्णायकका रूपमा अमेरिका निवासी व्यवसायी तथा कलाकार अन्सुया श्रेष्ठ वन्त रहनुभएको थियो ।

विजेताहरूलाई साइकल उपहार प्रदान गरिएको थियो भने प्रायोजक चोको फनको तर्फबाट सबै प्रतियोगीहरूलाई आकर्षक उपहार वितरण गरिएको आयोजकले जनाएको छ।

सिजन मिडियाद्वारा आयोजना गरिएको यस प्रतियोगिताले बाल प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने उदेश्यका सात विगत ११ वर्ष देखि नियमित रुपमा गर्दै आइ रहेको हो ।