२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा चट्याङको प्रकोप: एक जनाको मृत्यु, कुखुरा फर्ममा ठूलो क्षति



अ+ अ-

काठमाडाैँ । स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। साथै, चट्याङकै कारण कुखुरा फर्ममा ठूलो क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हरिनास गाउँपालिका–४ सारुथरस्थित तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फर्ममा वैशाख ११ गते साँझ करिब ४:४० बजे अचानक चट्याङ पर्दा फर्ममा रहेका साना–ठूला गरी करिब ५५० वटा कुखुरा मरेका छन्। उक्त घटनाबाट फर्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्यसै क्रममा फर्मदेखि करिब ३०० मिटर उत्तरतर्फ आफ्नै घरमा रहेका ५८ वर्षीय खिमबहादुर थापा चट्याङको झड्काले घाइते भएका थिए। उनको सेतीगंगा अस्पताल, तनहुँमा उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ।

उक्त दिन साँझ करिब ७ बजे विरुवा गाउँपालिका–२ श्रीडाँडामा आफ्नै घरमा बसेका २० वर्षीय मिलन वि.क. पनि चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रदेश अस्पताल, पुतलीबजार लगिएकोमा उपचारका क्रममा वैशाख १२ गते राति १:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै