![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
धरान । धरान उपमहानगरपालिकाको चुनावमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाल कम्युनिस्ट पार्टीलाई पछाडि पार्दै कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका हुन्।
![](https://newspolar.com/wp-content/uploads/2019/12/Nepali-Congress.jpg)
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणनाले कांग्रेस उम्मेदवारले अग्रता लिएका हुन् । हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ।
वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।