२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “निजले सामाजिक सञ्जाल टिकटकमा रोहन राजपुत नाम राखेर नेपाली महिलासँग साथी भई कुराकानी गर्दै युएस डलर, गरगहना लगायतका विभिन्न उपहार काठमाडौँको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको भन्दै कष्टम चार्ज चन्दै रु दुई लाख ठगेको अभियोगमा पक्राउ गरिएको हो ।”

यसैगरी निजले सामानको ट्याक्सवापतको रकम भन्दै ह्वाट्स नम्बर ९७००४३५३३१ बाट सम्पर्क गरी विभिन्न बैंक खातामा जम्मा गर्न लगाउने गरेको र हाल सम्म उक्त नम्बरको ह्वाट्सबाट ४० भन्दा बढी नेपाली महिलालाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज लिम्बूलाई ठगी कसुरमा आवश्यक थप अनुसन्धान एवं कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै