९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूँजी बजारका लागि ब्याजदर मुद्दा होइन’



अ+ अ-

बुटवल । लामो समय शेयरबजारमा लगानी गरेका लगानीकर्ताले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको बताएका छन् । आज बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् ।

लगानीकर्ताले भनेका छन्, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।” शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताउनुभयो ।

उहाँले पुसको १५ गतेसम्म शेयरबजार १००० अङ्कभन्दा तल गए लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्दै बजार नघटे १०० अङ्क बढ्ने जिकिर गर्नुभयो । “हामीले त्यतिबेला लगानी गर्दा कम्तीमा दुई वर्षमा प्रतिफल पाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

लगानीकर्तामा आत्मविश्वासको कमीले पनि बजार बढ्न नसकेको भन्दै ढकालले अर्थमन्त्री डा युवराज खतिवडा शेयरबजारको बाधक भएको आरोप लगाउनुभयो । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो ।