२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त नयाँ कार्यसमिति तत्काल विघटन गर्न माग गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा आर्थिक तथा प्रशासनिक अनियमिततामाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने, जालसाजीपूर्ण निर्वाचन प्रक्रिया बदर गरी दोषी देविदत्त आचार्यलगायतमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही गर्नुपर्ने, कार्यक्रमस्थलको सिसीटीभी फुटेज सुरक्षित राखी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा घटनामा संलग्न देविदत्त आचार्य, जोगबहादुर खत्री तथा सम्बन्धित प्रहरी अधिकारीहरूमाथि विशेषगरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ५३ र ५५ बमोजिम कारबाही गर्नुपर्ने, विगतका आर्थिक तथा प्रशासनिक अनियमिततामाथि समेत उच्चस्तरीय छानबिन गर्नुपर्ने रहेको छ ।

महाधिवेशनमा प्रहरी, बाउन्सर, स्वयंसेवक तथा पर्यवेक्षकको नाममा राखिएका व्यक्तिबाट अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट अमानवीय व्यवहार तथा मानवअधिकारको समेत उल्लङ्घन गरेको हुँदा उक्त घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले असंवैधानिक रूपमा चयन गरिएको नयाँ कार्यसमितिलाई तत्काल कामकारबाही रोकी अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको बताए  ।