२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक, यस्तो छ पछिल्लो अपडेट



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।

भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।

स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ ।