• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कास्की-२ मा विद्याको जित पक्का, विजय उत्सवको तयारीमा



पोखरा । कास्की २ बाट नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ । कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि परेका छन् ।

निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी रहदा विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।