८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ बाट नेकपाकी विद्या भट्टराई आठ हजार मतान्तरले विजयी, पौडेलले दिए बधाई



अ+ अ-

पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३९४ मत पाएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

नेपाली काँग्रेसका उम्मेदवार खेमराज पाैडेल (वायाँ) विजयी विद्या भट्टराइलाइ बधाइ दिँदै ।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यही कारण रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा १४ मंसिरमा उपचुनाव भएको थियो ।

मत गणना सकिए लगतै कांग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई माला र खादा लगाई बधाई दिएका थिए । उनले राम्रोसँग काम गर्न समेत आग्रह गरे ।

कास्की २ को चुनावमा समाजवादी पार्टी तेस्रो स्थानमा रह्यो । उसका हेमराज गुरुङले १ हजार ९२२ मत पाए । राप्रपाका रोमबहादुर भण्डारीले ११ हजार १५३ मत पाउँदा साझा पार्टीकी राजनी केसी ९४२ मतका साथ पाँचौं स्थानमा रह्यो ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले यो उपचुनावलाई मिनी जनमत संग्रह भनेको थियो र कास्की २ बाट विजयको विगुल फुक्ने दाबी गरेको थियो । तर चुनावको पूर्वसंध्यामा पार्टी प्रवेश गरेकी केसीले साझाको अपेक्षा अनुसार मत पाइनन् ।

यस्तै विवेकशील नेपाली दलकी जमुना शर्माको मत १०० पनि कटेन । उनले मात्र ७७ मत पाइन् ।