८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान रगतका लागि पैसा खाज्दै गर्दा श्रीमतीको अस्पतालमै मृत्यु



अ+ अ-

उदयपुर । जिल्ला अस्पताल उदयपुरमा आज उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृ’त्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपुर्याउँदा मृ’त्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताउनुभयो ।

बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान प्रेमले लिएर आएका थिए । बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो । श्रीमान रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृ’त्यु भएको अस्पतालले बताएको छ ।