३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध



अ+ अ-

काठमाडौं । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध गरेको छ ।

गत आइतबार डिभिजन सडक हेटौँडाले यहाँको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएको थियो । मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासी बढेको जनगुनासो आइरहेकाले महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगञ्ज महानगर राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गरेर महानगरभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकको घर भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले सम्झौताबमोजिम बहालमा बसिरहेका व्यवसायीसँग अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाइने लोभमा सम्झौताअगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटी माग गर्ने लगायतको गुनासो आएकाले सो नगर्नका लागि सचेत गराएको छ ।

महानगर राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार कर्णले घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा दुवै पक्षबीच दबाबरहित र यथार्थ भाडादर तय गरी गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराएर आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको बताए ।