२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानीस्तानमा बाढीका कारण ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

पश्चिमी बदघिस प्रान्तको प्राकृतिक विपद् व्यवस्थापन समितिका प्रमुख मावलावी बारिदाद साबेरले भारी वर्षा पछि बुधबार राति बाला मुर्घाब जिल्लाका विभिन्न क्षेत्रहरूमा बाढी आएको बताउनु भएको छ ।

बडघिस प्रान्तमा बाढीका कारण तीन बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन् भने बाढीले प्रभावित क्षेत्रका आवासीय घर र कृषि जग्गामा क्षति पुर्याएको छ ।

अफगानिस्तानको उत्तरमा रहेको समङ्गान प्रान्तमा दारा–इ–सुफ पायिन जिल्लामा भारी वर्षा पछि बिहीबार आएको बाढीमा एक जनाको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।

उत्तरी फरयाब प्रान्तको विभिन्न भाग बाढीले बगाएको भएता पनि कुनै हताहत नभएको जनाइएको छ । अफगानिस्तानको मौसम विभागले बिहीबार देशका केही भागमा थप वर्षा र बाढीको पूर्वानुमान गरेको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै